NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पेश हुने

National Life
  • BFIS News
  • 2024 Apr 09 07:58
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पेश हुने
Sanima Reliance

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको २७ औं साधारण सभा बिहान १० बजे काडमाडौंस्थित डिल्लीबजारमा रहेको अमृतभोग क्याटरिङमा बस्नेछ।

Shikhar
NIMB

सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ। यसर्थ चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।  

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन पनि गरिनेछ।  

यस्तै वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्सबाट स्वत: मनोनित हुने एकजना सञ्चालकको जानकारी गराई बाँकी तीनजना सञ्चालक तथा सर्वसाधारण शेयरधनीका तर्फबाट दुईजना सञ्चालकको निर्वाचने गर्ने प्रस्तावसमेत पारित हुनेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया