Nepal Life

चैत मसान्तसम्मको किस्ता तिर्न कोषको आग्रह, नियमित तिर्नेलाई ब्याज छुटको व्यवस्था

NMB Bank
  • BFIS News
  • 2024 Apr 09 08:56
चैत मसान्तसम्मको किस्ता तिर्न कोषको आग्रह, नियमित तिर्नेलाई ब्याज छुटको व्यवस्था
United Ajod

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ। कोषले सूचना जारी गर्दै विभिन्न शाखा र मितिमा लिएका कर्जाको किस्ता नियमित तिर्न भनेको हो ।

Shikhar
Nepal Life
NIMB

कोषले लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा सापटी जस्ता कर्जा लिएका ऋणीले कोषलाई बुझाउनुपर्ने किस्ताबापतको रकम यही चैत मसान्तसम्म तिर्न आग्रह गरेको छ। नियमित त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने ऋणीलाई कोषको नियमानुसार ब्याज छुटसमेत दिने कोषले जनाएको छ।

कर्जा नियमित नतिरेमा कर्मचारी सञ्चय कोष, सञ्चयकर्ता कर्जा असुली विनियम, २०७९ बमोजिम प्रक्रिया अगाडि बढाइने पनि कोषले सूचनामा उल्लेख गरेको छ।

undefined

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया