Nepal Life

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

NMB Bank
  • BFIS News
  • 2024 Apr 09 10:42
नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द
United Ajod

काठमाडौं। जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि  बिजुली आपूर्ति बन्द भएको हो।

Shikhar
Nepal Life
NIMB

२५ मिटर नहर पहिरोले भत्काएको छ। गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो। त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो। समयमै मर्मत नभएपछि यही २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको हो।

भत्केको नहर मर्मत गर्न रु ६ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका छन। विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट रु तीन लाख बजेट विनियोजन भएको छ। तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया