Nepal Life

सुनको मूल्यको रेकर्ड राख्ने यात्रा जारी, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Apr 09 12:40
सुनको मूल्यको रेकर्ड राख्ने यात्रा जारी, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि सोमबार (हिजो) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ३६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया