रिलायन्स फाइनान्स र होटेल सरोवर लेकसाईड बिच सम्पुर्ण सेवामा छुट दिने सम्झौता
- BFIS News
- 2024 Apr 09 19:01
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र होटेल सरोवर लेकसाईड, पोखराका विचमा होटलको सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा यस सम्झौता अर्न्तगत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारी र कर्मचारीहरुको परिवारले होटेल सरोवर को Single Room with BB, Double Bed with BB, Food, Beverage, Spa & Laundry मा आर्कशित प्रदान गर्ने सेवामा छुट प्राप्त गर्न सक्नेछन ।
हाल रिलायन्स फाइनान्स लि. ले आफ्ना मूख्य कार्यालय, कमलादी काठमाडौं सहित अन्य २१ वटा शाखा कार्यालय मार्फत् आफ्ना ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया