Nepal Life

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा अधिकारी नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 10 07:51
समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा अधिकारी नियुक्त
United Ajod

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदमा रोशन कुमार अधिकारी छनौट भएका छन्।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजकमा अधिकारीलाई छनौट गरेको हो। यस्तै वैकल्पिक उम्मेदवारमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा परेका छन्।

राष्ट्र बैंकले प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते सो पदका लागि दरखास्त आह्वान गरेको थियो। उक्त सूचनाका आधारमा दरखास्त पेश गरेका मध्ये पाँचजना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो।

प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोविन्द प्रसाद शर्मा सो पदका लागि योग्य सूचीमा परेका थिए।

दरखास्त फाराम पेश गरी तोकिएको परीक्षामा सहभागी भएका उम्मेदवारहरुले प्राप्त गरेको अन्तिम कुल अंकको आधारमा योग्यता क्रम निर्धारण गरी मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवार छनौट गरिएको बैंकले जनाएको छ।

छनौटमा परेका अधिकारीलाई नेपाल राष्ट्र बैंकको वित्तीय तथा सुपरीवेक्षण विभागमा वैशाख २ गतेभित्र सम्पर्क राखि नियुक्ति लिन सूचित गरिएको छ । अन्यथा  योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्त गरिने विभागले जनाएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया