Nepal Life

छोइनसक्नु सुनको मूल्य, आज पनि उच्च बिन्दुको रेकर्ड

NMB Bank
  • BFIS News
  • 2024 Apr 10 13:09
छोइनसक्नु सुनको मूल्य, आज पनि उच्च बिन्दुको रेकर्ड
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

गत आइतबारदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड कायम हुन थालेको हो। यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ५ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा १५ रूपैयाँ बढेको हो। आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया