Nepal Life

काठमाडौं विश्वकै प्रदूषित सहरको एक नम्बरमा, डढेलो नियन्त्रण नभए आपतकालको अवस्थामा पुग्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 10 14:14
काठमाडौं विश्वकै प्रदूषित सहरको एक नम्बरमा, डढेलो नियन्त्रण नभए आपतकालको अवस्थामा पुग्ने
United Ajod

काठमाडौं। आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ। मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो।

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज  काठमाडौं विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताए। उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए। “दिनानुदिन प्रदूषण बढिरहेको छ। एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषण गर्नुपर्ने हुन्छ।” उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया