Nepal Life

काठमाडौं उपत्यकामा दिउँसै अँध्यारो, ठूलो वर्षाको सम्भावना नभएकाले प्रदुषण नहट्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 11 16:01
काठमाडौं उपत्यकामा दिउँसै अँध्यारो, ठूलो वर्षाको सम्भावना नभएकाले प्रदुषण नहट्ने
United Ajod

काठमाडौं । काठमाडौं उपत्यका वर्षा भएको छ। केही बेरअघिदेखि उपत्यकाका अधिकांश क्षेत्रमा वर्षा भइरहेको हो।

Shikhar
Nepal Life
NIMB

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा रातिसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए।

“यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने हुँदैन। मलुकका केही स्थानमा बर्षा हुन्छ”, उनले भने, “ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायुप्रदूषण न्यूनीकरणमा भने टेवा पुग्ने देखिँदैन ।”

उनका अनुसार लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया