NIMB Header 2
Nepal Life

नयाँ वर्षमा कुमारी बैंकको विशेष क्यासब्याक अफर

National Life
  • BFIS News
  • 2024 Apr 11 17:55
नयाँ वर्षमा कुमारी बैंकको विशेष क्यासब्याक अफर
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ।

यस योजनाअन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रूपैयाँ वा कारोबार रकमको २५ प्रतिशत, जुन रकम न्यून हुन्छ, उक्त रकम फिर्ता पाउने छन्।

Shikhar
NIMB

क्यूआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो क्यासब्याक अफरको फाइदा लिन सक्ने बैंकले जनाएको छ।

यो योजना २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ बजेर ५९ मिनेटसम्म लागु हुने समेत बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले नयाँ अफरप्रति उत्साह व्यक्त गर्दै भने, 'नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं। यसले ग्राहकहरूमा डिजिटल भुक्तानी प्रणलीमा आवद्ध हुन प्रत्साहन गर्नेछ।'

बैंकले पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न समय सापेक्षिक ग्राहकमुखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध छ। बैंकले भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय दुई शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाइहरू मार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ।

आगामी दिनहरूमा पनि बैंकले सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया