NIMB Header 2
Nepal Life

गरिमा विकास बैंकका नवनियुक्त सिइओ उपाध्यायले सम्हाले 'कमाण्ड'

National Life
  • BFIS News
  • 2024 Apr 14 10:09
गरिमा विकास बैंकका नवनियुक्त सिइओ उपाध्यायले सम्हाले 'कमाण्ड'
Sanima Reliance


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले पद तथा गोपनियता सपथ ग्रहण गरेका छन्। शनिबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोहमा उनले सपथ लिएका हुन्। उनले उक्त दिनदेखि नै कार्यभार सम्हालेका छन्।

Shikhar
NIMB

उक्त कार्यक्रममा बैंकले निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको विदाइ पनि गरेको छ। विगत १५ वर्षदेखि सिइओको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएको थियो।

बैंकको चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४ औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा बोल्दै नवनियुक्त सिइओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखि बैंकलाई थप उचाईमा पुर्‍याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया