NIMB Header 2
Nepal Life

राष्ट्रिय बाणिज्य बैंकको सिइओ नियुक्तिको प्रकृयाँ अगाडी बढेन, छनोट समिति बनाउने तयारी

National Life
  • BFIS News
  • 2024 Apr 14 13:45
राष्ट्रिय बाणिज्य बैंकको सिइओ नियुक्तिको प्रकृयाँ अगाडी बढेन, छनोट समिति बनाउने तयारी
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतको पदपुर्ती प्रकृयाँ अझै अगाडी बढ्न सकेको छैन । बैंकको सिइओ पद चैत २८ गतेदेखि रिक्त रहेको छ । प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ दोस्रो कार्यकाल सम्पन्न गरेर बाहिरिए सँगै सञ्चालक समितिले अहिलेसम्म पनि पद पुर्ती समिति गठन गरेको छैन ।

Shikhar
NIMB

बैंकल छिट्टै तीन सदश्य पदपुर्ती समिति गठन गर्ने प्रकृयाँमा रहेको अध्यक्ष दिलिप कुमार ढुङ्गानाले जानकारी दिए । उनले भने ‘अव बस्ने सञ्चालक समितिले पदपुर्ती समिति गठन गर्नेछ र पदपुर्तीका लागि दरखास्त आह्वान गर्नेछ ।’ बैंकले सञ्चालक समितिको बैठक डाक्ने तयारी गरिरहेको छ । बैंकको सञ्चालक समितिमा नेपाल सरकारले मनोनित गरेका विभिन्न क्षेत्रका व्यक्तिहरु भएकाले सबैजनालाई जुटाउनु पर्नेछ ।

सञ्चालक समितिले गठन गरेको पदपुर्ती समितिले २१ दिनमो म्याद राखेर दरखास्त आह्वान गर्नेछ । पदपुर्तीको अधिकार सञ्चालक समिति सँग रहेता पनि सरकारले विशेष चासो राख्ने गर्दछ । सत्ता समिकरणको आपसी सहमति पछि मात्रै अन्तिम नाम टुङ्गो लगाउनु पर्ने अघोषित सदर्भका कारण पदपुर्तीमा केहि ढिलाइ हुन सक्ने देखिएको छ ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम(का.मु.) को जिम्मेवारी तोकिएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मको लागि खनालले नै तोकिएको जिम्मेवारी सम्हाल्ने छन् ।

यस भन्दा अगाडी नेपाल बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । जसमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलकराज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए । जसमा तिलक राज पाण्डेयले बाजी मारे । यहि समुह मध्येबाटै धेरै जसले राष्ट्रिय बाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिने पक्का छ ।

सरकारी लगानीका बाणिज्य बैंक मध्ये सबैभन्दा उत्कृष्ट प्रस्तुती गर्दै आइरहेको साथै निजि स्तरका अन्य बाणिज्य बैंकहरुको सबैभन्दा ठुलो प्रतिस्पर्धी बैंकको रुपमा अगाडी बढिरहेको बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा जति ढिला हुन्छ त्यसको नकारात्मक प्रभाव पनि पर्ने निश्चित छ । अर्को तर्फ नयाँ आउने सिइओका लागि विगतका दुई कार्यकालमा अत्याधिक सफलता हासिल गरेर बाहिरिएका किरण कुमार श्रेष्ठको पदचापलाई पच्छ्याउदै बैंकलाई अझै उचाइमा लैजानु पर्ने चुनौती रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया