सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास
- BFIS News
- 2024 Apr 14 18:09
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा मनोहर दास मुल नियुक्त भएका छन्। गत चैत २७ गते सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा बसेको बैठकले दास मुललाई नियुक्त गरेको थियो।
दासले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया