NIMB Header 2
Nepal Life

आरएसडिसी लघुवित्तको मुनाफा ३० % ले बढ्यो, कारोबारमा घटे पनि प्रभिजनिङ हट्दा मुनाफामा

National Life
  • BFIS News
  • 2024 Apr 15 10:51
आरएसडिसी लघुवित्तको मुनाफा ३० % ले बढ्यो, कारोबारमा घटे पनि प्रभिजनिङ हट्दा मुनाफामा
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
NIMB

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५५ लाख रुपैयाँ रिभर्स भएपछि खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ६४ पैसा बढी हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट ८.६० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब ६५ करोड सापटीबाट ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया