सुनचाँदीको मूल्य बढ्यो, तोलामा ७०० रुपैयाँले बढेर एक लाख ३७ हजार ५०० रुपैयाँ
- BFIS News
- 2024 Apr 15 11:02
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ७१५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार एक हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)







प्रतिक्रिया