NIMB Header 2
Nepal Life

वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

National Life
  • BFIS News
  • 2024 Apr 16 07:44
वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले जुनसुकै वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न आग्रह गरेको छ। वित्तिय चेतनाका लागि सन्देश जारी गर्दै बैंकले पछि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु बुझेर मात्र हस्ताक्षर गर्न भनेको हो।

Shikhar
NIMB

नबुझिएमा प्रश्न सोधी प्रष्ट भएर र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।

'जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरूको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व हो। ग्राहकले वित्तीय सेवा लिनुअघि सर्तहरू पढ्ने र बुझ्ने गर्नुपर्दछ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्ने गर्नुपर्छ', सन्देशमा भनिएको छ।

ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरू बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई सर्तहरू बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायकको हुने पनि सन्देशमा भनिएको छ।

'ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व हो । भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझेसम्म प्रश्न सोध्ने गरौं', बैंकद्वारा जारी सन्देशमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया