NIMB Header 2
Nepal Life

नेपाल बैंकले भन्यो - बाँकी रहेकाहरुले तुरुन्त लाभांश बुझ्नुस्

National Life
  • BFIS News
  • 2024 Apr 16 09:02
नेपाल बैंकले भन्यो -  बाँकी रहेकाहरुले तुरुन्त लाभांश बुझ्नुस्
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेडले बुझ्न बाँकी रहेकालाई पुराना लाभांश बुझ्न आग्रह गरेको छ। उसले सूचना प्रकाशित गर्दै
४ आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको हो।

Shikhar
NIMB

बैंकले आव २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन आग्रह गरेको हो।

शेयरधनीहरुले आवश्यक कागजातसहित स–प्रमाण कम्पनीको रजिष्ट्रार हिमायलय क्यापिटल लिमिटेड (साविकको सिभिल क्यापिल मार्केट) ठमेल, काठमाडौंमा निवेदन पेश गरी नगद तथा बोनस लाभांश लिन सक्नेछन्।  

यसका साथै आव २०७५/७६ देखि २०७८/७९ सम्मको बोनस शेयरहरु सिधै हितग्राही खातामा जम्मा हुने र नगद लाभांश सिधै हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खातामा आइपिएसमार्फत शेयरधनीहरुको बैंक खातामा जम्मा हुने हुँदा हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाइै बैंकले अद्यावधिक गराउन पनि आग्रह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया