Nepal Life

सुनको मूल्यले २०८१ मा पनि रेकर्ड बनाउने क्रम जारी

NMB Bank
  • BFIS News
  • 2024 Apr 16 12:58
सुनको मूल्यले २०८१ मा पनि रेकर्ड बनाउने क्रम जारी
United Ajod

काठमाडौं । नेपाली बजारमा सुनले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ। मंगलबार अर्थात आज १ हजार ७ सयले सुनको मूल्यमा बढोत्तरी भएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यसभन्दा अघि सुनको मूल्यले गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला १ लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया