Nepal Life

एसइई दिएर बसेका विद्यार्थीलाई एसबिआइ मर्चेन्टको शेयर लक्षित योजना

NMB Bank
  • BFIS News
  • 2024 Apr 16 17:42
एसइई दिएर बसेका विद्यार्थीलाई एसबिआइ मर्चेन्टको शेयर लक्षित योजना
United Ajod

काठमाडौं । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न छुट योजना सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आगामी जेष्ठ मसान्तसम्मका लागि छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ। नि:शुल्क डिम्याट र १ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण ५० प्रतिशत छुटसहित रु. १०० मा, नि:शुल्क डिम्याट खाता खोली आजीवन नविकरण ८०.१४ प्रतिशत छुटमा रु. १४९९ मा र नि:शुल्क डिम्याट खाता खोली आजीवन डिम्याट तथा मेरो शेयर नविकरण ८२.३१ प्रतिशत छुटसहित रु. १९९९ मा उपलब्ध हुनेछ।

यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुकता ल्याउने विश्वास कम्पनीले लिएको छ।

उल्लेखित छुटसहितका सेवा प्राप्त गर्नका लागि नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआइ मर्चेण्ट बैकिङको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया