NIMB Header 2
Nepal Life

बेरोजगार हुनुहुन्छ ? कि कमाइरहेको पैसाले पुगेको छैन ? आउनुहोस जीबन बीमा अभिकर्ता बारे बुझौ

Muktinath Bank
  • तेजेन्द्र सुबेदी
  • 2024 Apr 17 07:55
बेरोजगार हुनुहुन्छ ? कि कमाइरहेको पैसाले पुगेको छैन ? आउनुहोस जीबन बीमा अभिकर्ता बारे बुझौ
Everest Bank

काठमाडौं । नेताले देस बिगारे काम गरेनन उधोग कलकारखाना खोलेनन् भन्ने हामि हाम्रो खेतबारी बाझो भएको देख्दैनौ, दिनभर क्यारमबोर्ड खेल्छौ, तास खेल्छौ, लुडो खेल्छौ, सहरतिर दिनभर आकाशे पुलमाथी बसेर गाडी गन्छौ अनि साँझ भट्टीमा बसेर लोकल ठर्रा पिउदै देशमा केहि गर्न सकिएन अब विदेश जानुपर्छ भन्छौ अनि घरमा २-३ लाख ऋण खोज्न लगायर महिनाको ३०-४० हजार कमाउनलाई खाडी भासिन्छौ, कोहिले  अलिअलि कमाएर, कोहि लास भएर त कोहि अलिअलि सास लिएर नेपाल फर्किन्छौ उफ् यहि नै हो हामि धेरै नेपालीको लिला अनि चर्तिकला |

NIMB

यस्तै यस्तै लोफरहरुको भिडमा न्युनतम एस.इ.इ वा एस.एल.सी पास गरेका संगै डबल डिग्री गरेका, PHD गरेका डाक्टर, पाइलट, पत्रकार, शिक्षक हुन् वा इन्जिनियर LOW लेबलका कर्मचारी हुन् वा सिनियर, ब्यापार बिजनेस गर्ने सामान्य ब्यापारी हुन् वा ठुला मारवाडी सबैजनाले आफ्नो कर्म संगै जीबन बीमा अभिकर्ता पेसालाई अंगालेर समाजसेवाको साथमा मनग्य कमाउदै अनि रमाउदै आइरहनु भएको छ, जो कुरा तपाईलाई थाहा नभएको पनि हुनसक्छ |

बीमा पेसा सेवामुलक पेसा हो, यो सेवा हो, धर्म हो यो असल कर्म हो | बीमा अभिकर्ताले बीमा कम्पनीको प्रतिनिधिको  रुपमा बीमा गर्न चाहने मान्छेको सम्पर्कमा पुगेर उसको काम अनुसारको अनि आर्थिक हैसियत अनुसारको उसलाई उपयूक्त हुने बीमा पोलिसिको बारेमा जानकारी गराएर फर्म भराउन सहयोग गर्ने, बार्षिक किस्ता जम्मा गर्ने बेला सम्झाउने, जुनसुकै दाबी भुक्तानीको लागी सहयोग गर्ने बीमा गर्ने व्यक्ति बिमितलाई हरकिसिमको सहयोग गर्ने अभिकर्ताको कर्तब्य हो त्यसैले त यो पेसा समाजसेवा संग जोडिएको छ |

कुनै पनि कार्यमा सफल हुनलाई आफैलाई भित्रैबाट हुटहूटि आउनुपर्छ आफुमा इच्छाशक्ति हुनुपर्दछ जोश अनि जाँगर हुनुपर्दछ, आउनुहोस इमान्दार लगनशील भएर हजुरहरुको आ-आफ्नो कर्म संग संगै कुनै पनि एउटा जिबना बीमा कम्पनीको लाइसेन्स लिन सकिन्छ  |

अभिकर्ता भएर हामीले बचत गर्न सिकाउने हो, हामीले लोडसेडिंग हुनसक्छ भनेर इन्भटरको जोहो गरेको जस्तै हो, जिबन बीमा जसले भोलि हुने सम्भावित घटनालाई रोक्न त कुनै पनि हालतमा सक्दैन तर त्यो जोखिमको कारण आउने आर्थिक समस्याहरुको न्यूनीकरण भने अबस्य गर्दछ  |

सर्बसाधारण व्यक्तिलाई बीमाको आवस्यकता र महत्वको बारेमा जानकारी गराउने व्यक्ति बीमा अभिकर्ता हुन् | बीमा पेसा सेवामुलक पेसा हो, यो सेवा हो, धर्म हो यो असल कर्म हो | बीमा अभिकर्ताले बीमा कम्पनीको प्रतिनिधीको रुपमा बिमा गर्न चाहने मान्छेको सम्पर्कमा पुगेर उसको काम अनुसारको अनि आर्थिक हैसियत अनुसारको उसलाई उपयूक्त हुने बीमा पोलिसिको बारेमा जानकारी गराएर फर्म भराउन सहयोग गर्ने, बार्षिक किस्ता जम्मा गर्ने बेला सम्झाउने, जुनसुकै दाबी भुक्तानीको लागी सहयोग गर्ने बीमा गर्ने व्यक्ति (बिमित) लाइ हरकिसिमको सहयोग गर्ने अभिकर्ताको कर्तब्य हो |

त्यसैले त यो पेसा समाजसेवा संग जोडिएको छ संग संगै सेवा गरेबापत तपाईलाई जिबन बीमा कम्पनीहरुले मेवा पनि दिने गर्दछन र त्यो कम्पनीले आफुसुकै जति मन लाग्यो त्यती नभएर संसदमा सांसदहरुले तालि पिटेर पास गरेको बीमा ऐनमा तोकिए बमोजिमको पारिश्रमिक दिने गर्दछन जुन पारिश्रमिक तपाईले सर्बसाधारण लाई बीमाको महत्व, बीमाका फाइदा, बीमाको उद्देश्यको बारेमा जानकारी गराएबापत, सम्झाए बापत,बीमा गर्ने व्यक्ति सामु बीमाका बिभिन्न पोलिसी लगेर उनीहरुको भोलि आउनसक्ने अध्यारो दिनलाई अहिलेनै उज्यालो ज्योतिको जोह गरिदिए बापत छाती फुलाएर गर्भका साथ् नेपाल सरकार लाई कर तिरेर एकदमै मिठ्ठो रकम पाउनुहुन्छ जसले तपाईलाई आत्म सन्तुष्टी संगै तपाइको आर्थिक सम्वृद्धि पनि गराउदछ  |

कसरी बन्ने अभिकर्ता ? के चाहिन्छ बीमा अभिकर्ताको लागि योग्यता ?

१,  नेपाली नागरिक

२, मान्यताप्राप्त संस्था वा बोर्ड बाट न्युनतम एस.इ.इ उत्तीर्ण |

३, आफुले चाहेको मान्यता प्राप्त जिबन बीमा कम्पनीबाट नेपाल बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम बीमा सम्बन्धि तालिम प्राप्त गरेको |

४, बीमा अभिकर्ताको परिक्षा उत्तीर्ण गरेको |

५, प्राधिकरणले कानुन बिपरित कार्य गरेको भनि कारबाही गरेको ३ वर्ष पुरा भएको |

६, कानुन बमोजिम करार गर्न योग्य |

संस्थागत अभिकर्ताको हकमा सम्बन्धित संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कुनै एक जना उच्च ब्यबस्थापकको योग्यता माथि उल्लेख भएबमोजिमको हुनुपर्ने |

जिबन बीमा अभिकर्ता बन्नको लागि चाहिने डकुमेन्ट के के हुन् ?

१, नेपाली नागरिकताको प्रमाणपत्र

२, स्थाई लेखा नम्बर

३, शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र न्युनतम एस.इ.इ वा एस.एल.सी. उत्तीर्ण

४, सम्बधित (बिमक)  बिमा कम्पनीको सिफारिस पत्र

५, बिमा अभिकर्ता तालिमको प्रमाणपत्र

संस्थागत अभिकर्ता भएर काम गर्नको लागि माथि उल्लेखित डकुमेन्टको अतिरिक्त देहाएको कागजातको प्रमाणपत्र पेस गर्नु पर्दछ |

१, संस्था दर्ता प्रमाणपत्र

२, बिमा अभिकर्ताको कार्य गर्ने भनि उद्देश्य उल्लेख गरिएको प्रबन्धपत्र र नियमावली

३, कर चुक्ता प्रमाणपत्र

४, प्रचलित कानुन बमोजिम कालो सुचिमा नपरेको प्रमाण  

यसरि जिबन बीमा प्राधिकरणबाट लाइसेन्स लिएर आफुले इच्छाएको कुनै पनि जिबन बीमा कम्पनी मार्फत काम गरेर समाजसेवा संगै कसैलाई बिमा बारे सचेतना तथा जानकारी दिएर बिमक( जिबन बीमा कम्पनि ) र बिमित( बीमा गर्ने व्यक्ति ) को बिचमा पुलको काम गरि तपाइँ जो कोहि बेरोजगार व्यक्ति , रोजगार व्यक्ति, रोजगारदाता, ब्यापारी प्रतिष्ठित व्यक्ति तथा संस्था, पत्रकार, समाजसेवी, डाक्टर, पाइलट, इन्जिनियर जुनसुकै पेसा ब्यबसाय गर्दै हुनुहुन्छ भने पनि नेपाल सरकार बीमा प्राधिकरणबाट मान्यता प्राप्त जुनसुकै जिबन बीमा कम्पनि मार्फत अभिकर्ता भएर कार्य गरि सामाजिक सेवा संगै मनग्य आम्दानि कमाउने बाटो तपाईहरु सबैको लागी सधै भरी खुल्ला रहेको छ |

(सुवेदी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखा प्रमुख हुन्)         

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया