Nepal Life

डिडिसीले माग्यो महाप्रबन्धक, आवश्यक योग्यतामा के छ?

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 09:08
डिडिसीले माग्यो महाप्रबन्धक, आवश्यक योग्यतामा के छ?
United Ajod

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बुधबार सूचना प्रकाशन गरी डिडिसीले महाप्रबन्धक पदका लागि खुला प्रतिष्पर्धामार्फत नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर र व्यवस्थापनको हैसियतले कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकहरूले
२१ दिनभित्र कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने विज्ञापनका उल्लेख छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया