NIMB Header 2
Nepal Life

जेएमई र मनिग्राम इन्टरनेशनलबीच सझेदारी सम्झौता

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 17 13:25
जेएमई र मनिग्राम इन्टरनेशनलबीच सझेदारी सम्झौता
National Life

काठमाडौं। जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी) बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ।

NIMB

सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो पहुँच बिस्तार गरी ग्राहक सदस्यलाई जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गरेको जेएईका अध्यक्ष ओम गुरुङले बताए।

जापान मनी एक्सप्रेसले आफ्ना ग्राहक सदस्यलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरी सोबाटै आफैँले पैसा पठाउन सकिने व्यवस्था मिलाएको छ। आफूले पठाउने पैसा भुक्तानी गर्नका लागि लसोन कार्डको व्यवस्थालगायत ग्राहक सन्तुष्टिका लागि मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवासहित आफ्नो स्तरवृद्धि गर्दै गएको छ।

अब जेएमई मोबाइल एप रजिष्ट्रर गरी सो एपबाट आफूले चाहेको जुनसुकै देशमा जुनसुकै समयमा पैसा पठाउन सकिने छ। ग्राहकहरुले सेवा शुल्कबिनै पैसा पठाउन सकिने, प्वाइन्टस् प्रयोग गरी सेवा शुल्क घटाउन सकिने विशेषताहरु थप गरेको छ।

जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड जापानमा रहेका नेपालीद्वारा सञ्चालन गरिएको पहिलो विप्रेषण कम्पनी हो। जसले विगत १४ वर्षदेखि जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गर्दै आएको छ।

हालसम्म जापान मनी एक्सप्रेसले मनिग्राम इन्टरनेशनल आइएनसीलगायत विश्वका ११ अन्तर्राष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीसँग रेमिट्यान्ससम्बन्धी काम गर्दै आइरहेको पनि गुरुङले जानकारी दिनुभयो। कम्पनीले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मङगाेलियामा सहजै पैसा पठाउन सकिने बताएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया