Nepal Life

नेपाल फाइनान्सको नाफामा भारी गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 13:37
नेपाल फाइनान्सको नाफामा भारी गिरावट
United Ajod

काठमाडौं । नेपाल फाइनान्सको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको खुद नाफामा ठूलो गिरावट आएको छ। फाइनान्सको नाफामा ८७.२५ प्रतिशतको कमी आएको हो।

Shikhar
Nepal Life
NIMB

 गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो वर्ष उक्त रकम घटेर १३ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १३.२८ प्रतिशतले वृद्धि भएर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन आम्दानी ८.९२ प्रतिशत र सञ्चालन नाफा ८२.२१ प्रतिशतले घटेको छ ।

निक्षेप संकलन २४.२९ प्रतिशत बढेर २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ र कर्जा लगानी ३३.२५ प्रतिशत बढेर १ अर्ब ७३ करोड ६७ हजार रुपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया