Nepal Life

रहेनन् पूर्वमुख्यसचिव शाक्य, श्रीमतीको पनि तीन महिनाअघि भएको थियो निधन

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 21:40
रहेनन् पूर्वमुख्यसचिव शाक्य, श्रीमतीको पनि तीन महिनाअघि भएको थियो निधन
United Ajod

काठमाडौं। पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा निधन भएको हो। लोकसेवा आयोगका पूर्वअध्यक्षसमेत रहिसकेका शाक्य ८१ वर्षको थिए।

Shikhar
Nepal Life
NIMB

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भएका थिए।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए। स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया