NIMB Header 2
Nepal Life

भिस्ताराको संकट मोचनमा एयर इन्डियाको साथ

National Life
  • BFIS News
  • 2024 Apr 18 08:29
भिस्ताराको संकट मोचनमा एयर इन्डियाको साथ
Sanima Reliance

काठमाडौं । पाइलट संकटको सामना गरिरहेको टाटाको एयरलाइन भिस्तारालाई एयर इन्डियाको सहयोग प्राप्त भएको छ । भिस्तारा एयरलाइनको उडानका लागि एयर इन्डियाका केही पाइलटहरूलाई खटाइएको छ। खटाइएका पाइलटहरूले प्रशिक्षण पनि सुरु गरिसकेका छन्।

Shikhar
NIMB

उनीहरुलाई न्यारो बडी एयरक्राफ्टका लागि तालिम दिइएको छ। अधिकारीहरुका अनुसार एयर इन्डियाका पाइलटहरूलाई भिस्तारामा पठाइएको यो पहिलो घटना हो। भिस्तारामा पठाइने पाइलटको संख्या ३० भन्दा बढी हुन सक्ने स्रोतले जनाएको छ। यद्यपि, भिस्ताराका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

अहिले तालिम लिएका पाइलटले एक महिनापछि मात्र उडान सञ्चालन गर्न सक्ने एयरलाइन्सका एक अधिकारीले बताए।  भिस्तारा एयरलाइन्सले एयर इन्डियाबाट पाइलट माग्नुको सट्टा बेरोजगार तालिमप्राप्त पाइलटलाई काममा लैजानुपर्ने आवाज पनि केहीले उठाएका थिए। ए ३२० मोडेका जहाजका लागि बेरोजगार पाइलटहरू प्रशस्तै उपलब्ध रहेको बताइएको छ। जसलाई एयरलाइन्सले काममा राख्न सक्छ।

टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी (जेभी) रहेको भिस्ताराले पाइलटको समस्याका कारण आफ्नो सञ्चालन क्षमता १० प्रतिशत (२५-३०) ले घटाएको छ। एयरलाइन्सको फ्लिटमा ७० वटा विमान छन्। उसको तालिकामा हरेक दिन तीन सयभन्दा बढी उडान गर्ने लक्ष्य रहेको छ।

भिस्ताराका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद कन्ननले केही दिन अघि मात्रै आफूहरु खराब अवस्थाबाट अब माथि उक्लिसकेको बताएका थिए। कन्ननले नयाँ आर्थिक वर्षको सुरुवात चुनौतीपूर्ण पनि रहेको बताए। एयरलाइन्सले मार्च ३१ देखि अप्रिल २ सम्म उडानमा अवरोधको सामना गर्नु परेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया