NIMB Header 2
Nepal Life

नेशनल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2023 Aug 03 05:00
नेशनल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयर आजदेखि बिक्री बन्दै हुने भएको छ । कम्पनीले असार २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो ।

Shikhar
NIMB

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अर्थात् १०:५ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्मका कायम सेयरधनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर डबल बी प्लस' रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया