आई.एम.ई लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार, मुनाफा ७५.७९ प्रतिशतले बढ्यो
- BFIS News
- 2024 Apr 29 12:46
काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा लगायत सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिमा ७५.७९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षमा ३३ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म तीन अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा १०.२४ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको व्यापार बढेसँगै कुल आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको कुल आम्दानी तीन अर्ब ५० करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.५२ प्रतिशतले बढेर ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको समीक्षा अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सो अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आवको समीक्षा अवधिको तुलनामा चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढी हो ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा रहेकोमा चालु आवमा दुई रुपैयाँ ०७ पैसाले बढेर ११ रुपैयाँ ०५ पैसा पुगको छ ।
चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहको यस कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ट अर्निङमा ८५ करोड ९२ लाख रुपैयाँ, सेयर प्रिमियममा एक अर्ब ५२ करोड ५८ लाख र महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ सञ्चिति गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ९० करोड ६७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९.८० गुणा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ । ४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ३९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत आवसम्म कम्पनीको यस्तो खर्च ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया