एशियन लाइफको 'बीमा श्री' सावधिक जीवन बीमा योजना सार्वजनिक
- BFIS News
- 2024 Apr 29 19:10
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ ।
यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक अच्युत राज सापकोटा, संचालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्तरुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन् ।
यो बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् । यो बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा छ ।
बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमाङ्क रकम भुक्तानी पाउनेछन्। यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभ ADB, स्थायी अपाङ्ग/असक्त सुविधा, बीमाशुल्क छुट सुविधा र एशियन क्रिटिकल केयर सुविधा समेत रोज्न सक्छन् । मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमाशुल्कमा बीमालेख खरिद गर्न सहज बनाउनेछ ।
यस कम्पनीले आ.व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बिमाशुल्क रु.१ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क रु.४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु.५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया