NIMB Header 2
Nepal Life

क्रेष्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न

Citizen Life
  • BFIS News
  • 2024 May 03 11:38
क्रेष्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न
Muktinath Bank

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम विशेष समारोहका बीच चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको छ ।

NIMB

कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको बताए । सोहि क्रममा उनले लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई  बधाई तथा शुभकामना ब्यक्त गरे ।

उक्त समारोहमा आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीतको अपेक्षा सहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको ब्यक्तित्व विकास तथा ब्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ब्यक्त गरेका थिए ।

समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.ले स्वागत मन्तब्य सहित स्वागत गरेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया