Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 May 08 08:08
सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारित गर्न कम्पनीको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्दैछ। सोही प्रयोजनका लागि कम्पनीले भोलि अर्थात वैशाख २७ गते बुक क्लोज गर्दैछ।

Shikhar
NIMB

आजसम्म कायम शेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।  
 
सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँबराबरको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सहित कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभा काठमाडौं कालिकास्थानस्थित अमृतभोगमा बिहान १० बजेदेखि सुरु हुनेछ।

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक चयन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया