हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफामा करिब ८ प्रतिशतको गिरावट
- BFIS News
- 2024 May 08 12:09
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा करिब ८ प्रतिशतको गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा ७.९९ प्रतिशतको गिरावट आएको देखिएको हो।
सार्वजनिक विवरण अनुसार तेस्रो त्रैमाससम्म कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको तुलनामा यो ७.९९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४७ करोड ३२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ११ अर्ब ९ करोडको तुलनामा ८.४० प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख , लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
कम्पनीको कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १५ अर्ब १५ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिका तुलनामा ६.४८ प्रतिशतले धेरै हो ।
तेस्रो त्रैमाससम्म कम्पनीले १६ अर्ब २६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४१ करोड ६२ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि ०.९३ रुपैयाँले घटेर ७.२४ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ । प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा कायम भएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया