प्राधिकरणको पूँजी बृद्धि योजनालाई लत्याउदै नेपाल पुनर्बीमाले डाक्यो साधारणसभा, हकप्रद जारी नगर्ने
- BFIS News
- 2024 May 09 11:12

काठमाडौं । नेपाल बीमा प्राधिकरणको पूँजी बृद्धि योजनालाई लत्याउदै नेपाल बीमा प्राधिकरणले साधारणसभा आह्वान गरेको छ । नियामक निकाय बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम पूँजी २० करोड पुर्याउदा पनि नेपाल पुनर्बीमाले भने कुनै पनि प्रकृयाँ अगाडी बढाएको छैन ।
कुनै समय हकप्रद निष्काशनको हल्ला मच्याउदै दोस्रो बजारमा ठुलो चलखेल गरेको नेपाल पुनर्बीमा कम्पनीले अहिले क्यापिटल प्लान आउदा पनि कुनै प्रकृयाँ अगाडी बढाउन सकेको छैन । कम्पनीको संञ्चालक, उच्च व्यवस्थापन तहका कर्मचारी तथा संस्थापक शेयरधनीहरु नै सत प्रतिशत हकप्रद शेयर आउदै भन्ने हल्ला चलाएर दोस्रो बजारमा राम्रै चलखेल गर्न भ्याए ।
यस क्रममा कम्पनीको शेयरमा हजारौ लगानीकर्ता नराम्रो सँग फसे । तर अहिले यहि कम्पनी जसले बीमा प्राधिकरणले पूँजी बृद्धि गर भन्दा पनि चुप लागेर बसेको छ । जवकी कम्पनीले आगामी जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा डाकेको साधारणसभामा यस अगाडी घोषणा भएको लाभांश पारित गर्दै छ ।
सभाले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ६ गते आइतबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड छ । बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी १३ अर्ब ४१ करोड नाघ्नेछ । कम्पनीला अझै ६ करोड ५९ करोड पूँजी आवश्यक छ । बोनस शेयरबाट मात्रै पूँजी जुटाउन लाग्ने हो भने कम्पनीलाई अझ कयौ वर्ष लाग्ने निश्चित छ ।
प्रतिक्रिया