NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज बैंकको अगुवाइमा सुपर वाग्मती हाइड्रोमा ७४.३३ प्रतिशत लगानी

National Life
  • BFIS News
  • 2024 May 27 18:14
लक्ष्मी सनराइज बैंकको अगुवाइमा सुपर वाग्मती हाइड्रोमा ७४.३३ प्रतिशत लगानी
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा ४१.३१४ मेगावाटको सुपर वागमती जलविद्युत आयोजनामा लगानी गरिने भएको छ । बैंकहरुको तर्फबाट लक्ष्मी सनराइज बैंकको अगुवाइमा सुपर वागमती हाइड्रोपावरसँग लगानी सम्झौता भएको हो ।

Shikhar
NIMB

उक्त परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक/संस्थापकहरुको लगानी रहने छ ।

यस परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिबद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब लगानी रहेको छ ।

ललितपुर र मकवानपुर जिल्लास्थित वागमती नदीमा निर्माण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वागमती जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब २८करोड रहेको बताइएको छ । बैंकहरुसँगको यस सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सुपर वागमती हाइड्रोपावरले २०७८ माघ १२ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिई २०८० असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । उक्त कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकसन रहेका छन् ।

यस आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपछि वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुका साथै स्वतन्त्र ऊर्जा उत्पादकमध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया