NIMB Header 2
Nepal Life

सन नेपाल लाइफको आइपिओ साउन ३२ गतेदेखि, सर्वसाधारणलाई प्रतिकित्ता २३९ रुपैयाँ

Citizen Life
  • BFIS News
  • 2023 Aug 09 06:01
सन नेपाल लाइफको आइपिओ साउन ३२ गतेदेखि, सर्वसाधारणलाई प्रतिकित्ता २३९ रुपैयाँ
National Life

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण नेपालीका लागि अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरि २३९ रुपैयाँका दरले बिक्री गर्ने छ ।

NIMB

कम्पनीले छिटोमा भदौ ४ गतेसम्म आवेदन खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा भदौ १४ गतेसम्म बिक्री खुला राख्नेछ । आवेदकले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिनु पर्नेछ । लगानीकर्ताले १० कित्ताका लागि पनि न्युनतम २३९० रुपैयाँ जुटाउनु पर्नेछ ।

कम्पनी जारी पूँजी ३ अर्ब २० करोड रुपैयाको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैया बराबरको ९६ लाख कित्ता शेयर निष्काशनको अन्तिम चरणमा रहेको छ ।  सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयामा नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरुलाई बाँडफाँड गरिसकेको छ ।

त्यसै गरी निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मुल्य रु १०० रुपैयाका दरले छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया