अरुण कावेलीको हकप्रद भदौ ८ गतेदेखि, एउटा आयोजनाको ऋण तर्ने रअर्कोमा शेयर लगानी गर्ने
- BFIS News
- 2023 Aug 10 06:24
काठमाडौं । अरुण कावेलीले भदौ ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न थालेको हो । एक कित्ता शेयर हुनेले एक कित्ता शेयरको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख बराबरको प्रतिशेयर १०० रुपैयाँका दरले एक लाख ८५ हजार कित्ता साधारण शेयरको एक शेयर बराबर एक शेयरको अनुपातमा साविकका शेयरधनिहरुले आवेदन दिन पाउने छन् ।
कम्पनीले भदौ २८ गतेसम्म निष्काशन गर्नेछ । असार २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७१ करोड पुग्नेछ ।
हकप्रद शेयर निष्काशन पछि प्राप्त हुने एक अर्ब ८५ करोड रुपैयाँ मध्ये ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि एक जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण तिर्नेछ । त्यस्तै एक अर्ब २० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गर्ने कालेली एक जलविद्युत आयोजनामा स्व पूँजीमा लगानी गर्नेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया