जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- BFIS News
- 2023 Aug 10 16:22
बाँके । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया