सन राइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्यो १६ प्रतिशत लाभांश, चार वर्षमा ८५ % प्रतिफल
- BFIS News
 - 2023 Aug 11 10:41
 
                    
काठमाडौं । सन राइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । फण्डले कर प्रयोजन सहित कुल १३ करोड ७६ लाख लाभांश दिने भएको हो । फण्डको आकार ८६ करोड रहेको छ । फण्डले विगतका वर्षमा यो भन्दा पनि राम्रो प्रतिफल दिएको थियो ।
बन्दमुखी सनराइज फर्स्ट म्युचुअल फण्डले २०७७/७८ मा ५० प्रतिशत नगद लाभांश दिएको थियो । गएको वर्ष १२ प्रतिशत दिएको फण्डले यस वर्ष १६ प्रतिशत दिदैछ । यस सँगै फण्डले ४ वर्षमा ८५ प्रतिशत लाभांश दिइसकेको छ ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया