Nepal Life

विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक : प्रधानमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Jul 03 15:55
विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक : प्रधानमन्त्री
United Ajod

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको उल्लेख गरे।

“विदेश जाने नेपालीहरूको सङ्ख्या बढ्दैछ । तर हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन । दरबन्दी धेरै पुरानो छ । यसलाई बदलेर सङ्गठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ ’’, प्रधानमन्त्री दाहालले भने।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया