NIMB Header 2
Nepal Life

एनआईसी एसिया बैंक-चन्द्रागिरि नगरपालिका सम्झौता, नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोलिने

National Life
  • BFIS News
  • 2024 Jul 07 05:08
एनआईसी एसिया बैंक-चन्द्रागिरि नगरपालिका सम्झौता, नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोलिने
Sanima Reliance

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरभित्र जन्मिएका नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने गरी एनआईसी एसिया बैंकसँग सम्झौता गरेको छ। सम्झौतापछि बैंकले नवजात शिशुको १८ वर्षे मुद्दती खाता सञ्चालन गर्नेछ।

Shikhar
NIMB

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरिका मेयर घनश्याम गिरीले हस्ताक्षर गरे।

नगरपालिकाभित्र २०८० साउन १ वा सो मितिभन्दा पछि जन्मिएका बालबालिका १८ वर्ष पुगेपश्चात् परिपक्व हुने गरी नगरले उनीहरूलाई आर्थिक, सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने छ। यो योजनाबाट नगरभित्र स्थायी बसोबास गर्ने अभिभावकका छोराछोरी लाभान्वित हुनेछन्। खाता खोल्न जन्मदर्ता अनिवार्य गरिएको छ। 

चन्द्रागिरिले नगरमा जन्मिएका नवजात शिशुको ५–५ हजारका दरले प्रतिबालबालिकाको नाममा बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ। यस्ता खातामा अभिभावकले चाहे थप रकमसमेत राख्न सक्ने छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया