स्याङ्जामा खुला कविता प्रतियोगिता हुँदै, सहभागिताका लागि आवेदन आह्वान
- BFIS News
- 2024 Jul 07 14:26
काठमाडौं । स्याङ्जामा आगामी साउन ३१ गते कविता महोत्सव हुने भएको छ । पुष्प चन्द्र ट्रष्टको आयोजना हुन गइरहेको महोत्सवमा स्मृति खुला प्रतियोगिता हुने जनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान,नेपालका प्रथम नागरिक कुलपति कविवर स्व.केदार मान ब्यथित, निष्ठाका राजनीतिज्ञ, अधिकारकर्मी एवं समाजसेवी स्व.पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व.चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले यस्तो कार्यक्रम आयोजना गर्ने भएको हो ।
“भाषा,कला,संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ साहित्यिक महायज्ञको रुपमा प्रथम पटक भब्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१” को आयोजना गरिएको ब्यहोरा ट्रष्टका अध्यक्ष महेन्द्र मान ब्यथितले बताए ।
यो कार्यक्रम नितान्त साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको ,कार्यक्रमको सहआयोजनाको जिम्मेवारीमा पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले बताए ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति विश्वप्रेम अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागीएको कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगि रहने महोत्सवको आयोजनाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने छ भने विद्यार्थी ,प्राध्यापक एवं प्राज्ञहरुको ब्यापक सहभागिता रहने कविता महोत्सवका संयोजक अनन्त कुमार श्रेष्ठले बताए ।
कविता महोत्सवको संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा काजीमान हरिटिका माध्यमिक विद्यालय रहेको र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
कविता महोत्सवमा “खुल्ला कविता प्रतियोगिता २०८१” को पुरस्कार राशीहरु क्रमशः प्रथम पुरस्कार १५,५५५/-,द्धितिय पुरस्कार राशी ११,१११/-, तृतिय पुरस्कार राशी ७,७७७/-रहेको छ । कविता महोत्सवमा “खुल्ला कविता प्रतियोगिता २०८१”मा सहभागी कविताको मूल्यांकन गर्न नेपाली साहित्यका राष्ट्रिय स्तरका विज्ञ ब्यक्तित्व, प्राज्ञ एवं प्राध्यापकहरुबाट गरिने प्रबन्ध गरिएको जानकारी कविता महोत्सव संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुनका लागि स्रष्टहरुले आफ्नो कविता २०८१ श्रावण १५ गते बेलुकी ५ बजे भित्र इमेल ([email protected]) गरेर पठाउनु पर्नेछ ।महोत्सव संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कविताको अन्तिम छनौट सूची २०८१ श्रावण २० मा सार्वजनिक गरिनेछ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ । अन्तिम छनौटमा परेका उत्कृष्ट २० कवितालाई मिति २०८१ श्रावण ३१ गते कविता महोत्सवको अन्तिम दिन कविता बाचनको लागी सहभागी गराइनेछ ।
मिति २०८१ श्रावण ३१ गते उत्कृष्ट २० साहित्यकार, सर्जक एवं श्रष्टा प्रतियोगीलाई सम्मान,छनौटमा परेका मध्येबाट प्रथम,द्धितिय र तृतिय कविता र रचनाकार लाई नगद पुरस्कार राशी र प्रमाणपत्रले सम्मान गरिने ब्यहोरा महोत्सवका संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सहभागी कविता कुनै ब्यक्ति विशेष,समुदाय,जातजाती वा धर्म सम्प्रदाय र राजनीतिक दल विशेषलाई आक्षेप लगाएको हुन नहुने र हालसम्म अप्रकाशित र कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने प्रतियोगिताका शर्त र नियमहरु रहेको ब्यहोरा ट्रष्टका संस्थापक अध्यक्ष महेन्द्रमान ब्यथितले जानकारी दिए ।
यो साहित्यिक अनुष्ठानलाई सफल पार्न मुक्तिनाथ फाउण्डेशन, मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषि कम्पनी लि.,सिनर्जीटेक सफ्टवेयर कम्पनी ललितपुर , सिटी एक्सप्रेस रेमिटान्स कम्पनी,नेपाली रिडर्स क्लब जापान, सेवा नेपाल काठमाडौँ , लिजेन्ट्स इन्टरनेशनल काठमाडौँ, टोखाई बाटिका इन्टरनेशनल स्कुल जापान, सिन्धु मल्टीप्रपोज प्रा.लि. एवं सिन्धु अर्गानिक एण्ड फार्म स्टे , काला भैरब ट्रेडर्स पोखरा लगायतले सहकार्य गरेका छन् ।
ट्रष्टका संरक्षक एवं सस्थापक योगेन्द्र मान श्रेष्ठका अनुसार ट्रष्टले कविता महोत्सव कार्यक्रमको अतिरिक्त “सामुदायिक विद्यालयका विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामग्री सहायता” कार्यक्रम समेत सञ्चालन गर्न लागिएको ब्यहोरा जानकारी गराए ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)








प्रतिक्रिया