Nepal Life

यात्रामा निस्कदै हुनुहुन्छ ? सडक अवरुद्ध हुनसक्छ प्रहरीलाई सोधेर निस्कनुस्

NMB Bank
  • BFIS News
  • 2024 Jul 07 14:56
यात्रामा निस्कदै हुनुहुन्छ ? सडक अवरुद्ध हुनसक्छ प्रहरीलाई सोधेर निस्कनुस्
United Ajod

काठमाडौं । नेपाल प्रहरीले भारी वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएको जनाएको छ। प्रहरीले जारी गरेको पछिल्लो सूची अनुसार देशभरका ४४ वटा प्रमुख राजमार्गहरू अवरुद्ध छन्।

Shikhar
Nepal Life
NIMB

प्रहरी प्रधान कार्यालयले आइतवार बिहान ११ बजे जारी गरेको सूचना अनुसार उपत्यकामा कान्तिपुर लोकपथलगायत पूर्वी नेपालको कोसी राजमार्गदेखि सुदूरपश्चिम नेपालको भीमदत्त राजमार्गसम्मका ४४ राजमार्गहरू विभिन्न ठाउँमा अवरुद्ध छन्।

कुन–कुन राजमार्ग कहाँ अवरुद्ध ? यो सूची हेरौं:

यी प्रमुख राजमार्गबाहेकका जिल्ला तथा जिल्लाभित्रका सयौं शाखा सडकहरू पनि बाढी र पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

ती सडकहरूमा प्रहरी परिचालन गरेर खुलाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसर्थ यात्रामा निस्कदा सडकको अवस्थाबारे प्रहरीलाई सोधेर मात्र निस्कन सबैसँग आग्रह गरिएको छ।

प्रहरीले जारी गरेको सूचनामा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० र केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद डेस्क)मा सम्पर्क गरेर जानकारी लिएर मात्र निस्कन अनुरोध गरिएको छ।

केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद डेस्क)मा मोबाइल नम्बर ९८५१२८५६३५ मा सम्पर्क गर्न प्रहरीले भनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया