Nepal Life

लगानी सहजीकरणसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 14:54
लगानी सहजीकरणसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
United Ajod

काठमाडौं। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ।

Shikhar
Nepal Life
NIMB

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनःविचार गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन्।

सोही प्रस्तावमाथि छलफल गरी प्रतिनिधि सभाले उक्त संशोधन स्वीकृत गरेको हो। त्यस्तै प्रतिनिधि सभामा राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश पनि भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया