Nepal Life

असीमित बचत संकलन गर्न दिँदा सहकारीमा समस्या आयो, नियामक निकाय आवश्यक : गभर्नर अधिकारी

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 15:18
असीमित बचत संकलन गर्न दिँदा सहकारीमा समस्या आयो, नियामक निकाय आवश्यक : गभर्नर अधिकारी
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।

Shikhar
Nepal Life
NIMB

सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।

गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताए।

उनले सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया