NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Jul 09 08:06
लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  

Shikhar
NIMB

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ।  

तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जानकारी गराएको छ।   

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया