Nepal Life

बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दै नेपाल टेलिकम, सेवाहरु केही समय प्रभावित हुनसक्ने

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 08:16
बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दै नेपाल टेलिकम, सेवाहरु केही समय प्रभावित हुनसक्ने
United Ajod

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु केही समय प्रभावित हुनसक्ने जनाएको छ। बिलिङ प्रणाली स्तरोन्नति परीक्षणसम्बन्धी कार्य हुने भएकाले केही समय ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ। तसर्थ त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयअघि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको हो।

मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटिटिएच भ्वाइस, डाटा, आइपिटिभी आदि सेवा भने यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया