NIMB Header 2
Nepal Life

सामाजिक सञ्जालमा आएका युरोप रोजगारीका विज्ञापनमा विश्वास नगर्न रोजगार विभागको आग्रह

National Life
  • BFIS News
  • 2023 Aug 12 07:17
सामाजिक सञ्जालमा आएका युरोप रोजगारीका विज्ञापनमा विश्वास नगर्न रोजगार विभागको आग्रह
Sanima Reliance

काठमाडौँ । वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई आग्रह गरेको छ । विभागले पछिल्लो समय युरोप रोजगारीका नाममा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतबाट भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले जनाएको छ ।

Shikhar
NIMB

विभागले शुक्रबार विज्ञप्तिमार्फत युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानिया र क्यानडा जस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेका प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न भ्रामक विज्ञापनमार्फत युरोपमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति वा प्रयोग गर्ने सामाजिक संस्थालाई कानुन अनुसार कारबाहीका लागि खोजी गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिनुपर्छ । वैदेशिक रोजगारीमा कामदार पठाउन कुनै पनि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले विभागसँग अनुमति लिएको हुनुपर्छ भने विदेशबाट ल्याएको काम सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गराउन पर्छ ।

दूतावासबाट प्रमाणीकरण भएका मागमा विभागबाट पूर्वस्वीकृति लिएपछि मात्रै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न पाइन्छ तर पछिल्लो समय युरोपका देशमा कामको अवसर भएका भ्रामक विज्ञापन सामाजिक सञ्जालमार्फत कुनै अनुमतिबिनै गर्ने गरिएकाले भ्रम फैलाउने व्यक्तिलाई वैदेशिक रोजगार ऐन अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया