Nepal Life

प्राधिकरणले काट्यो रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत लाइन

NMB Bank
  • BFIS News
  • 2024 Jul 10 08:11
प्राधिकरणले काट्यो रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत लाइन
United Ajod

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता बापतको रकम नतिरेको भन्दै उद्योगहरूको लाइन काटेको छ। प्राधिकरणका अनुसार मंगलबार साँझ रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटिएको हो।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणले बक्यौता बापतको रकम तिर्न मंगलबारसम्मको अल्टिमेटम दिएको थियो। बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ।

रिलायन्सको सवा ६० करोड, घोराहीले साढे ४० करोड र अर्घाखाँचीले पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ।

यता उद्योगीहरु भने बक्यौता नतिर्ने भन्दै मंगलबार पत्रकार सम्मेलन नै गरेका थिए। उनीहरुले पत्रकार सम्मेलनमार्फत प्राधिकरणले सरकारको निर्णय नमानेर अनावश्यक दुःख दिएको बताए। उद्योगीहरुले पत्रकार सम्मेलन गरी प्राधिकरणको यस्तो कदमको कडा विरोध गरेका थिए। उनीहरुले त्यस्तो कदमको प्रतिवादसम्म गर्ने चेतावनी दिएका थिए।

प्राधिकरणले यसअघि पनि बक्यौता नतिर्ने ६१ वटा उद्योगको लाइन काटेको थियो। फेरि पनि बक्यौता नतिरे क्रमशः ६१ वटै उद्योगको बिजुली काट्ने प्राधिकरणको चेतावनी छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया