Nepal Life

त्रिशूली नदीमा दुई वटा बस खस्याे, ६५ जना यात्रु बेपत्ता

NMB Bank
  • BFIS News
  • 2024 Jul 12 10:10
त्रिशूली नदीमा दुई वटा बस खस्याे, ६५ जना यात्रु बेपत्ता
United Ajod

काठमाडौं । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ । 

Shikhar
Nepal Life
NIMB

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा  भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । 

बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । 

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  नं. १७ गण चितवनबाट बाट ३५  जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । 

ढुङ्गा खसी बसमा बस चालकको मृत्यु 

यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला  भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी  सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

 बस घटना स्थलमै  रहेको बसमा सवार यात्रुहरुलाई   केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।  बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २०  जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ ।  बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया