NIMB Header 2
Nepal Life

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण सोमबार विहान १० बजे

National Life
  • BFIS News
  • 2024 Jul 14 18:38
केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण सोमबार विहान १० बजे
Sanima Reliance

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

Shikhar
NIMB

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारि दिएकी छिन् । 

शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाएका थिए । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गरेको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए । 

प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।

राष्ट्रपति कार्यालयका अनुसार नव नियुक्त प्रधानमन्त्री केपि शर्मा ओलीले रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिने विशेष कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान  साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार