Nepal Life

नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलको सबै नेपालीलाई बीमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउने घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Jul 15 15:23
नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलको सबै नेपालीलाई बीमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउने घोषणा
National Life

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपालीलाई बीमा भित्र समेट्ने गरी कार्यक्रम ल्याउने घोषणा गरेका छन् । गगन थापाले स्वास्थ्य मन्त्री हुँदा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट सबै नेपालीलाई समेट्ने संकेत गरेका हुन् । 

Shikhar
NIMB

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् ।

‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने, ‘धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउन सक्छौं ।’

मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्नेछौं’, उनले भने ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया